‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं महानगरमा मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूमपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ।

नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिएको जानकारी दिनुभयो ।

साथै खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उहाँले जानकारी दिनुभयो । महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उहाँको भनाइ थियो ।

स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : १० बजे