साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको मृत्यु

बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको गोली हानी हत्या भएको छ।

आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो।

गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षमा चिट चोर्न नदिएको रिसमा हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : १९ बजे