साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

गृहमन्त्री लामिछानेको गुनासो- सरकारमा त हामी छौं, सत्ता अर्को छ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गर्नुभएको छ । 

गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार फेरिदा पनि सत्ता नफेरिएको टिप्पणी गर्नुभएको हो ।   

गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पुरानो सिस्टमबाट असहयोग भएको संकेत गर्नुभयो । 

उहाँले भन्नुभयो- ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहीँ हुन्छ ।'

उहाँले बेथितिका कयौं फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताउनुभयो । 

सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केहि काम नगरेको बताउँदै रविले भन्नुभयो- ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन ।'

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताउदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : ५२ बजे