साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा राखेको भनाईको खण्डन गरेको छ । सांसद आचार्यले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा  क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन हुनु  पर्ने बताउनु भएको थियो । 

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गर्नुभएको छ  । उहाँले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको आरोप लगाउनुभयो । ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउदै छानबिन समितिको माग गर्नुभएको थियो । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ६ : ३५ बजे