सुनको मूल्यमा नयाँ कीर्तिमान

राप्रपाको चार विभागमा जिम्मेवारी हेरफेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही विभागको जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार चार विभागका प्रमुख हेरफेरगर्नुभएको हो  ।

अध्यक्ष लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैसँग राख्नुभएको  छ  भने संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी प्रकाश रिमाललाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : ५२ बजे