सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद भवन परिसरमा मदिराको बार राख्नुपर्ने कांग्रेस सांसद बजगाईंको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ राख्नुपर्ने प्रस्ताव गरेका छन् । 

आज प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा ‘बार’ निर्माण गर्नेबारे सोच्नुपर्ने बताए।

उनले भने, ‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि रु यसमा ध्यानाकृष्ट गर्न चाहेको ।,’

उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको उल्लेख गरे ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ३ : ४७ बजे