सुनको मूल्यमा नयाँ कीर्तिमान

तोकिएको समयभित्र भएनन् एमालेका ११ जिल्ला अधिवेशन 

काठमाडौँ, । नेकपा (एमाले)ले यहि जेठ मसान्तभित्रमा सवै जिल्लाका अधिवशेन सक्ने निर्देशन दिएको थियो । सोही अनुसार अधिवेशनको मिति तोकिएका सवै जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् । 
उहाँले जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकोले मिति तोकिएका सवै जिल्लाका अधिवेशन सकिएका बताउनुभयो । 
“जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएको अनुसार मिति तोकिएका सवै जिल्ला अधिवेशनको सम्पन्न भइसकेका छ,” उहाँले भन्नुभयो, “अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुको चाँडै मिति तोकिने छन् ।   
उहाँका   अनुसार ११ जिल्लाको मिति तोक्न वाँकी रहेको छ । 

यस्तै कोशी प्रदेशको इलाम, मोरङ र तेह्थुम, मधेश प्रदेशको सिराहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशनको मिति तोक्न वाँकी रहेको छ । यस्तै युवा विद्यार्थी विशेष कमिटीको पनि अधिवेशनको मिति तोकिएको छैन । 
एमाले निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले कतिपय जिल्लामा सदस्यतामा भद्रगोल र कतिपय आन्तरिक विवादले रोकिएको बताउनुभयो । उहाँले चाँडै नै अधिवेशन हुन नसकेका जिल्लाहरुले प्रदेश कमिटीको परामर्शमा मिति तोक्ने बताउनुभयो । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ३ : ०८ बजे