‘हामीले कुनै प्यानल बनाएनौ,कसैले बनाएको भए थाहा भएन’ 

काठमाडौँ । नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित हुनु भएको छ । हिजो भएको निर्वाचनमा उहाँले चन्द्र लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचित भएपछि उहाँको भावी योजना लगायतका विषयमा चक्रपथले गरेको कुराकानी 

 सर्वसम्मत नेतृत्व चयन हुन सकेन किन हो ?

चाहिने भन्दा बढी उम्मेदवार भएपछि सर्वसम्मत हुन सकेन । सबै साथीहरूले पदमा आकांशी  भएपछि लोकतान्त्रिक विधिबाट निर्वाचन गराइएको हो । त्यसको लागि लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन हो । हो, हामी त्यही लोकतान्त्रिक विधिबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेकोमा चुनावमा गएका हौ । 

 दुई प्यानल बनाएर चुनाव लड्नु भयो, ?

हामीले प्यानल बनाएका थिएनौ । साथीहरूको विभिन्न पदमा उम्मेदवारी दिनुभयो । सदस्यका विभिन्न कलस्टरमा पनि चाहिने भन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन भएको हो । तलदेखि माथिसम्म कुनै त्यस्तो प्यानल बनेन । बाहिरबाट मानिसहरूले देख्दा यो यता होला उता होला भनेर अनुमान गरे पनि तर प्यानल बनेन । 

 पराजित साथीहरूलाई कसरी समेट्नुहुन्छ ?

पार्टीभित्र लोकतान्त्रिक पद्धतिमा चलेको पार्टी हो । लोकतान्त्रिक अभ्यासमा धेरै साथीहरू उम्मेदवार हुन्छन् । धेरै साथीहरू उम्मेदवार हुन्छन् र केहीले मात्र निर्वाचन जित्ने गर्दछन् । 

धेरै ठुला पङ्क्ति विजय नभएपछि कमिटी बाहिर हुनुहुन्छ ।   उहाँहरूको क्षमता अनुसार व्यवस्थापन गर्ने कुरामा हामी लाग्दछौ । 

 काभ्रेमा संगठनलाई अव कसरी चुस्त बनाउनुहुन्छ ?

हाम्रो पाटीले गत वैशाखमा सम्पन्न  गरेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले पनि केही लक्ष्य निर्धारण गरेको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न भनेको छ । २०८४ सालमा तीनै तहको निर्वाचनमा बहुमत सहितको पार्टी बनाउने लक्ष्य लिएको छ । यसले मात्र मुलुकको समृद्ध नेपालको सपना पुरा गर्न सक्दछ । त्यसको लागि सबै पार्टी पङ्क्ति परिचालन गरिने छ । 

पार्टीको अहिले भएको शक्तिले मात्र नपुग्ने भएकोले विभिन्न पार्टीमा रहेका मानिसलाई एमालेमा ल्याउने हाम्रो रणनीति हुने छ । आएका मानिसलाई पार्टीबारे वैचारिक रूपमा बुझाउने र सङ्गठनलाई सुदृढीकरण योजना रहेका छ । २०८४ सालको निर्वाचनमा काभ्रेमा सबै निर्वाचन क्षेत्रमा विजय हुने हाम्रो लक्ष्य रहेको छ । 

 तपाईँहरूको प्रतिस्पर्धा अलि स्वास्थ्य भएन भन्ने गुनासो छ नि ?

हामीले कुनै प्यानल बनाएका छैनौ । कसकसले गरे मलाई थाहा भएन । 

 

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ११ : ३२ बजे