सुनको मूल्यमा नयाँ कीर्तिमान

राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्नु भएन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेको बताउनुभएको छ ।

आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेललले देशमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गर्नुभएको हो ।

राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको स्पष्ट पार्नुभयो ।

अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको र लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति रहेको उहाँको भनाइ छ । यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ९ : ३९ बजे