साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ

काठमाडौँ । झुट्टा विवरण पेस गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्‍ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्‍ता र १८ वर्षीय किशोर रहेका छन् ।

ऋषि गुप्‍ता समेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई वंशज नाताले नागरिकता लिनको लागि झुट्टा विवरण दिई वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेस गरेका थिए । 

उनीहरू उपर नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ४ : ३९ बजे