सुनको मूल्यमा नयाँ कीर्तिमान

प्राकृतिक विपद्को पूर्व तयारी सन्तोषजनक भएन : योगेश भट्टराई

काठमडौं । नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेक कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताउनु भएको हो । उहाँले भन्नुभयो,’सरकारको पुर्व तयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई बार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?,’।

नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाकाबीच पनि उद्धारको काम गरिरहेको उहाँले बताउनुभयो ।

भट्टराईले देश भर नै विपदको पुर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १ : ४९ बजे