यस्तो छ आजको विनिमय दर

धनुषाधाम-१ का वडा अध्यक्षको निधन

जनकपुर। मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिकामा एक जना वडा अध्यक्षको निधन भएको छ ।

धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आउनुभएका उहाँको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमति, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका–१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्तेष्टि गर्ने तयारी भइरहेको उहाँको परिवारजनले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १ : ०१ बजे