दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा विदेशीको हस्तक्षेप छैन, आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं । भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि जहिल्यै प्रधानमन्त्रीको सपना देख्नेहरुकै कारण मुलुक समस्या छ।’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए । विज्ञप्तीमा भनिएको थियो,‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’ 

पूर्वप्रधानमन्त्रीहरुको उक्त आरोप आफु प्रधानमन्त्री बन्न नपाएको छटपटी मात्रै भएको मन्त्री कर्णको भनाइ थियो । चक्रपथसँग कुरागर्दै मन्त्री कर्णले भन्नुभयो, उठ्दा प्रधानमन्त्रीको सपना देख्यो, बस्दा प्रधानमन्त्रीको सपना देख्यो, कसरी हुन्छ सरकार ढाल्न पाए हुन्थ्यो भन्ने सोच भएकाले नै समस्या बढेको हो ।’ 

अहिले नेपालमा कुनै विदेशी हस्तक्षेप छैन । पाँचजना पूर्वप्रधानमन्त्री देशका सम्पुर्ण जनताको प्रतिनिधी पनि होइन, आफु जान नपाएको छटपटी जनताले राम्रोसँग बुझेको उहाँको तर्क थियो ।
 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : १३ बजे