यस्तो छ आजको विनिमय दर

पाल्पामा बोलेरो दुर्घटना तीन जनाको मृत्यु, दुई जना घाइते

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २ जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भई बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ साढे ८ बजे आफूहरूलाई घटनाको खबर आएपछि उद्धारमा गएको डिएसपी पण्डितले जनाउनुभयो । 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : १६ बजे