सुनको मूल्यमा नयाँ कीर्तिमान

फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।

देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

मंगलबार साँझ उहाँलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिनुभयो  ।

‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका छौँ,’ उहाँले भन्नुभयो, ‘एक हिसाबले कारबाही प्रक्रियामा अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरण दिनुपर्छ ।’

उहाँलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताउनुभयो । माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेपाल समाजवादी पार्टीका उहाँलाई माओवादीले  कारबाही गरे पनि अन्यौलता कायमै छ । 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ०६ बजे