सुनको मूल्यमा नयाँ कीर्तिमान

अख्तियार, निर्वाचन आयोग र सीआईबीले अनावश्यक दु:ख दिइरहेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ,नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेड वर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरूले अन्त्यन्तै गम्भीर ढंगले समीक्षा गर्नुपर्नै बताउनुभयो।

राजनीतिक वा सरकारको स्थीतरताविना जतिसुकै कुरा गरेपनि मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै स्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो। कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य दलहरूले जस्तै कोशिस गरेर सरकारमा नजाने धारणा व्यक्त गर्नुभयो।

विभिन्न प्रकरणमा अख्तियारले,निर्वाचन आयोगले,सीआईबीले अनावश्यक दुस्ख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरूबीच छलफल हुन जरुरी रहेको उहाँको भनाइ छ । 

उहाँले सुशासन,पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राख्नुभयाे।  यो विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपले लिएको उहाँको भनाइ छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : ०८ बजे