साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बताएको छ ।

भारतले रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ । यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपिल गरेको छ।

 यस वर्षको मार्चमा, केही एजेन्टहरूले धेरै भारतीयहरूलाई रसियामा जागिरको बहानामा रूसी सेनामा भर्ती गरेको खुलासा भएको थियो । 

अब यी मानिसहरूलाई युक्रेनसँग रुसको चलिरहेको युद्धमा सैनिकको रूपमा लड्न जबरजस्ती पठाइँदै छ । तीमध्ये धेरै भारतीयहरूले भिडियोहरू सार्वजनिक गरेका थिए र भारत सरकारसँग सहयोगको अपिल गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ११ : ३१ बजे