साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

टी-२० विश्वकप : क्यानडामाथि पाकिस्तानको ७ विकेटको जित

काठमाडौं । पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७।३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

समूह ‘ए’अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो ।

त्यस्तै, क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

यस समूहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् ।

अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ३७ बजे