साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

सीजी फुड्सद्वारा क्रिकेटको विकासका लागि ६० लाख सहयोगको घोषणा

काठमाडौँ – सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई रू. ६० लाख सहयोगको घोषणा गरेको छ ।

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो। सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि- २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

साथै, वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ । यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत रू.३० लाख तथा अन्य क्रिकेट  गतिविधि सञ्चालनका लागि रू.३० लाख गरि जम्मा रू।६० लाख नेपाल क्रिकेट सङ्घलाई सहयोग गर्नेछ ।

पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीइओ प्रदिप पुडासैनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । नेपाली राष्ट्रिय टिम दोस्रो पटक आइसीसीटी २० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपाल लि। नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ । विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरूमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहनेछ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ३७ बजे