‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सभामुख घिमिरे र निर्देशक रिमेश अधिकारीबीच ‘नालापानी’ बारे छलफल

काठमाडौं । निर्माता तथा निर्देशक रिमेशअधिकारीले आईतवार  सभामुखसँग भेट   गर्नुभएको  छ ।

भेटघाटको क्रममा सभामुख तथा निर्देशक अधिकारीबीच ऐतिहासिक फिल्म ‘नालापानी’ को विषयमा छलफल भएको हो ।

यहि साउन १८ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको मिति नजिकिँदै गर्दा यसको प्रसार(प्रचारलाई तिब्र बनाउँदै देशका सम्पूर्ण नेताहरुलाइ चलचित्र देखाउने योजनामा हुनुहुन्छ निर्देशक अधिकारी ।

यसै क्रममा फिल्मका निर्मातासमेत रहनुभएका  अधिकारीले सभामुख घिमिरेसंग ४० मिनेट लामो छलफलका क्रममा फिल्मको विषयवस्तु प्रस्याउँदै यो नेपालकै गर्विलो ईतिहास भएकाले यो फिल्मलाई राज्यले पूर्ण सहयोग गरिनु पर्ने सभामुखलाई आग्रह गर्नभएको छ  ।

त्यसक्रममा सभामुख घिमिरे अत्यन्तै सकारात्मक रहनु भएको र यो फिल्म सबै नेताहरुले र सम्पूर्ण नेपालीले हेर्नै पर्ने विषय रहेको र यसमा आफ्नो पाूर्णरुपमा साथ सहयोग रहने समेत बताए ।

केही समयपछि फिल्म हेरेर पुनः छलफल गर्ने र के(कस्तो साथ सहयोग गर्ने, त्यहीँ छलफलबाट निर्णय गर्ने वचन दिएको निर्देशक अधिकारीले बताउनुभयो  ।

नालापानी देशकै गर्विलो ईतिहास हो, नालापानी फिल्मले राष्ट्रियता जगाउने प्रेम बडाउने, देशप्रतिको दायित्व बोध गराउने उदेश्यका साथ निर्माण गरिएको र यो ईतिहास फिल्मको माध्यमबाट यूगौँ गूगसम्म जिउँदो बनाउने उदेश्य रहेको निर्देशक अधिकारीले सभामुखलाई जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : ३२ बजे