साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ । आज समूह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदै छ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुँदै छ ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : ४१ बजे