दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पूर्वप्रधानमन्त्रीको तल्लो स्तरको राजनीति

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले शनिबार नेपालको आन्तरिक राजनीतिमा बाह्यशक्तिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै एक विज्ञप्ती जारी गरे । विज्ञप्तीसँगै यतिबेला सामाजिक सञ्जालमा आम जनता तिनै पाँच पुर्वप्रधानमन्त्री बिरुद्धमा खनिएका छन् । विदेशीसामू निर्लज्ज लम्पसार परेको आ–आफ्नो कर्म र इतिहास सम्झिन आग्रह गदै उनीहरुले वर्तमान प्रधानमन्त्रीका विरुद्धमा नबोल्न सुझाब दिएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए । विज्ञप्तीमा भनिएको थियो,‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।’ यसैमा असन्तुष्टि जनाउँदै विवेशसील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखे,–‘यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन । राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हष्तक्षेपको पीर पर्यो ? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’ भन्दै प्रतिप्रश्न गरे ।

सरकारको विरुद्धमा विज्ञप्ती निकाल्ने यी पाँच पूर्वप्रधानमन्त्रीको कार्यकालभन्दा वर्तमान सरकारले धेरै गुणाले राम्रो काम गरेको छ । पाँचपुर्व प्रधानमन्त्रीले भनेको भन्दा ठयाक्कै उल्टो अहिलेको सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ । त्यस कारणले पनि पुर्वप्रधानमन्त्रीले भनेको कुरामा जनताको आक्रोष उत्पन्न भएको हो । 

दलहरुबीच सहमति जुट्न नसक्दा विवाद बढदै गएपछि कुनैपनि मुलुकले मध्यावधि  चुनावमा जाने कुरालाई नराम्रो मान्दैन् । त्यसैको अभ्यास नेपालमा गर्न खोजिएको हो  । फेरी यो पहिलो होइन । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेर राजनीतिक रुपमा सहि निर्णय गरेपनि अदालतले पुर्नस्थापित गर भनेपछि सरकारले कार्यान्वयन गर्यो तर संसदले निकास दिन सकेन । परिणम दिन नसक्ने संसदमा अल्मलिनुभन्दा पुन चुनावमा जान्छौ भन्नु गलत हो ?

यतिबेला पुर्व प्रधानमन्त्रीहरुले अत्यन्तै तल्लो स्तरको राजनीति गरिरहेका छन् । उनीहरु नै पात्र हुन्, नेपालको हरेक निर्णयमा विदेशीसँग छलफल गर्ने, विदेशीसँग साँठगाँठ गरेर संसद अवरुद्ध पार्ने । तीनै पाँचजना नै हो सत्ता लिप्साका लागि अहिलेपनि विदेशीको इसारामा काम गरिरहेका छन् । आफु हुँदा सवै ठिक हुने अरुले गर्दा बेठीक हुने ? हिजो आफु सत्तामा रहदा देशका लागि संझन योग्य काम के के गर्नुभयो भन्न सक्नुहुन्छ ? काँग्रेसले झण्डै २५ बर्ष सरकारको नेतृत्वप गरयो तर अहिले विपक्षमा रहदापनि आफनै नेतृत्वमा सरकार बनाउने जुन घिनलाग्दो खेल खेलिरहेको छ के यो जनताले मुल्यांकन गरिरहेका छैनन र ?

प्रधानमन्त्रीले संविधानमा उल्लेख भएको भन्दा फरक कुनै निर्णय गरेको छैन भनिरहनुभएको छ । संविधानले जे कुरा दिएको छ, त्यहीभित्र बसेर हरेक निर्णयहरु भएका छन् । त्यो भन्दा बढि भएको भए पो संविधान मिचेको हुन्छ । संविधानमै रहेर निर्णयहरु गर्दा कसरी  उल्लंघन भयो ?

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ८ : २८ बजे