साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको  आमाछोदिङमो गाउँपालिका ३ गतलाङ घर भइ हाल काठमाडौंको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई आज बिहान ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो  । 

ग २१ प ५७ ७७ नम्बरको मोटरसाइकल काठमाडौंकै गंगबुबाट हराएको भनि रितिक थापाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।  

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  
 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : २१ बजे