यस्तो छ आजको विनिमय दर

ह्योल्मो आदिवासी जनजातीको विशेष पहिचान संग्रह पुस्तक विमोचन

​​​​​​​काठमाडौं ।  नेपाल ह्योल्मो समाज सेवा संघको आयोजनामा ह्योल्मो आदिवासी जनजातीको विशेष पहिचान संग्रह पुस्तक विमोचन एवम् सम्मान कार्यक्रम सम्पन्न भयो ।

आदिवासी जनजाति ह्योल्मोका संस्कृतिका विविध पक्षलाई समावेश गरिएको यो पुस्तकमा ह्योल्मो जातिको भाषा र सम्भोटा लिपि, ह्योल्मो जातिको परम्परागत पोशाक लागयतका विषयवस्तुहरु समेटिएका छन् । 

पुस्तकमा  ह्योल्मो जाति तथा ह्योल्मो सोनाम ल्होसार, ह्योल्मोहरुले मनाउने मुख्य, चाडपर्व, छेच्यू पर्व, छेच्यू पर्वमा गाइने गीत, साँस्कृतिक पर्व ह्याए, ह्योल्मो जातिको परम्परागत गीत संगीत, ल्होसारमा गाइने गीत छ्याङ् लु, उत्सव तथा पर्वहरुमा गाइने गीतहरुसमेत समावेश गरिएकाछन् ।

पहिचान संग्रहमा मणी क्षेपा (मणि पूजा), ह्योल्मो जातिको परम्परागत कला र पेशा, ह्योल्मो जातिको परम्परागत खानाका परिकार, ह्योल्मो सभ्यता र म्हेच्र्याकुमा घर, ह्योल्मो पेताम आदिका साथै ह्योल्मोहरुका जातिय संगठन नेपाल ह्योल्मो समाज सेवा संघको परिचय समावेश गरिएकाछन् ।

आदिवासी जनजाति ह्योल्मोका बारेमा लेखिएको यो पुस्तकले ह्योल्मो जातिका बारेमा जान्न चाहनेहरुका लागि छिटो छरितो जानकारी प्रदान गर्न सफल हुने विश्वास गरिएकोछ ।

ह्योल्मो आदिवासी जनजातीको विशेष पहिचान संग्रह पुस्तक बिमोचन एवम् ह्योल्मो समुदायबाट सगरमाथा आरोहण गर्ने सोनाम लामा ह्योल्मोलाई सम्मान गरेको थियो।

कार्यक्रममा पूर्व महावाणिज्य दुत विनोद लामा ह्योल्मो, ह्योल्मो समाज सेवा संघका निवर्तमान अध्यक्ष पेमा ज्याबा ह्योल्मोले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ह्योल्मो समाज सेवा केन्द्रका अध्यक्ष पासाङ लामा ह्योल्मो, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान संचालक समितिका सदस्य किन्ज्यो लामा ह्योल्मो लगायत आदिवासी जनजाति ह्योल्मोका बुद्धिजिवी तथा अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाल ह्योल्मो समाज सेवा संघका अध्यक्ष रेन्जेन ह्योल्मोको अध्यक्षक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन संघका महासचिव छेवाङ नाम्ग्याल ह्योल्मोले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ११ बजे