एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन  हुनुभएको छ ।  शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन हुनुभएको हो । 

यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ २४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त  गर्नुभएको छ ।  

यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गर्नुभएको थियो । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला वि.क.ले ३४८ मतसहित विजयी हुनुभएको छ ।

यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी हुनुभएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ३१ बजे