राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई समर्थन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्नुभएकोमा राप्रपाले सकारात्मक जवाफ दिएको छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा संसद विघटन हुने खतरा हुने भन्दै उनले उपधारा ३ मै आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो। 

ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका उहाँलाई ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र राप्रपाका दुई सांसदको मात्र समर्थन छ। 

 मुख्यमन्त्री हुने भन्दापनि संविधान र संघीयतालाई बलियो बनाउनु अहिलेको आवश्यक्ता भएको तर्क गर्दै उहाँले विश्वासको मत माग्नुभएको हो ।  तर मुख्यमन्त्री पाण्डे अहिले पनि अल्पमतमा हुनुहुन्छ। स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्नसक्ने अनुमान भए पनि मनाङेकाे स्वाभाव अस्थिर रहेको भन्दै पाण्डेलाई समर्थन नहुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : १० बजे