आदिवासी जनजाति महासंघको महाधिवेशनको मिति तय

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ गतेसम्म हुने भएको छ  । 

‘सङ्गठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूलनाराका साथ काठमाडौँमा प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको हो ।

 महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मूल व्यस्थापन समिति गठन गरिएको छ ।

उक्त समितिमा केन्द्रीय सदस्य, जातीय संघका अध्यक्ष, महासंघका प्रदेश अध्यक्ष र काठमाडौँ, भक्तपुर, ललितपुर महासंघका अध्यक्षहरू रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ५४ बजे