थप २ हजार ४०७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ नेपालमा थप  २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जना गरी  कुल  २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ३ हजार ९९४ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६८ हजार ९५५  रहेको छ  ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ४६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ४ : ५८ बजे