साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न आयोजक देश वेस्ट इन्डिज पुगेका छन् ।

सन्दीप आफैले सामाजिक सञ्जालमा लेख्दै आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।  अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउनेछन् ।

‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यसले काम गरेन ।’ उनले भनेका छन्, ‘तर अब ती सबैलाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले आफ्नो यात्रालाई सम्भव बनाउनका लागि सहयोग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना वकिल सरोज घिमिरेलगायतकाहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ३४ बजे