दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं उपत्यकाको निषेधाज्ञा एकसाता थपियो (आदेशसहित)

काठमाडौं– काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले निशेषाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।  

संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । निशेधाज्ञामा सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको उहाँले बताउनुभयो । व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेका इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा सोमबार सकिँदै छ । 

​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ४ : १५ बजे