यस्तो छ आजको विनिमय दर

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  कलंकी बस्ने वर्ष ४७ की  तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

नक्कली नोटकाे  कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो। उनीबाट नेपाली एक हजार दरको ५ सय १४ थान (५  लाख १४ हजार बराबरको) नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको थियो। उनलाई नागर्जुन-५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ३७ बजे