‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रभु बैङ्क लि.र सौराहा का १६ होटेल बीच छुट सम्झौता

काठमाडौं । प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटेल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट बाग्मती प्रदेश चितवन क्लस्टरकी प्रमुख  साङ्ग्रिला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरियो । 

सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । 

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थल का रूपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्य का रूपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेश बाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिङे गैँडा, विभिन्न प्रजातिका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवं वन तथा वन्यजन्तुहरूको आरक्षणको अवलोकन का निम्ति जिप सफारी, हात्तीसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरूको सांस्कृतिक,पुरातात्त्विक एवं मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८% देखी १५% तथा खाना तथा पेय पदार्थमा १० % देखी १५%सम्मका छुट प्राप्त गर्नसकिने छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ :

Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।  

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ५० बजे