‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नयाँ टेलिभिजन कार्यक्रम ल्याउँदै राजेश हमाल

काठमाडौं । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । ‘यो नेपाली शिर उचाली’ नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ ।

कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेटी अन्तरंग वार्ता गरेपछि कार्यक्रम ल्याउन लागेका हुन् ।

कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपेली मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरमा बेलायत र अन्य योरोपेली मुलुकहरुको भ्रमण गरेको थियो ।

मुभ मिडिया प्राली र अल थ्री मिडिया घर प्रालीले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् ।

कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने बताएका छन् । 
कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले नेपालीहरु हरेक क्षेत्रमा सक्षम छन्, र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने बताएका छन् ।
निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलन्धि नेपाली मिडिया मार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको बताए ।
 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : २१ बजे