यस्तो छ आजको विनिमय दर

एमाले नुवाकोटको अध्यक्षमा मैनाली

नुवाकोट । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

पाँचसय ९२ मतमध्ये उहाँले तीनसय ४५ मत प्राप्त गर्नुभयो । उहाँका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गर्नुभयो ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ ।

बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी हुनुभएको छ । कुल २८ जना सर्वसम्मत निर्वाचित हुनुभएको थियो । अधिवेशनमा कुल छ सय १७ जना प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ७ : २१ बजे