साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

राष्ट्रिय योजना आयोगको सदस्यमा डा सिंह

काठमाडौँ ।  सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन मिल्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएका सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि राष्ट्रिय परिचयपत्रवाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।”

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन भारत भ्रमणको निर्णय स्वीकृत गर्ने निर्णय गरेको छ ।

 बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
 
मन्त्रिपरिषद्को बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको भएको छ ।

त्यस्तै, बैठकले हेँटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली,२०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ४० बजे