यस्तो छ आजको विनिमय दर

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए । पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ ।

त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ । पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाडौँ पुगेका थिए ।

विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ०३ बजे