‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शेयर बजारको समस्या एमालेले सम्बोधन गर्ने 

काठमाडौं  । नेकपा एमाले निकटस्थ नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो साङ्गठनिक सक्रियता बढाएको छ । ‘जिम्मेवार व्यवसाय, विकास र संविद्विमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चितता र रोजगारी सृजना आजको आवश्यकता’ भन्ने नाराका साथ महासंघ विभिन्न उद्योगी व्यवसायीबिच प्रवेश गरेको हो । 

यसैक्रममा महासंघले शुक्रवार   ‘पुँजी तथा वित्त बजार सङ्घ’को प्रथम राष्ट्रिय भेलाको आयोजना गरेको छ । भेलालाई सम्बोधन गर्दै महासङ्घका संयोजक भागिरथ सापकोटाले विभिन्न क्षेत्रमा रहेका व्यवसायीले भोग्नु परेका समस्यालाई एमालेको नीति बमोजिम सम्बोधन गर्नका लागि महासंघ क्रियाशिल रहेको जानकारी दिनुहुँदै व्यवसायीको हितमा महासंघले काम गर्ने बताउनुभयो ।

कर्मचारी, व्यवसायी र रानीजीतक नेतृत्वलाई समन्वयमा ल्याएर महासंघले काम गर्ने जानकारी दिँदै उहाँले  सबै व्यवसायीलाई एमालेको झन्डामुनि गोलबन्द हुन्न आग्रह गर्नुभयो । राष्ट्रिय भेलामा महासङ्घका महासचिव बालकृष्ण सिवाकोटीले पुँजी तथा वित्त बजारको मुलुकको करिब  ६० लाख जनसङ्ख्या संलग्न रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रले भोग्नु परेका समस्याको समाधानमा महासंघ लागि पर्ने बताउनुभयो । भेलालाई वित्त तथा पूँजी  बजारका विज्ञ तिलक कोइराला, राधा पोखरेल लगायतले सम्बोधन गर्नुभएको थियो । 

राष्ट्रिय भेलाले सागर ढकालको समजकत्वमा पुँजी तथा वित्त बजार सङ्घ गठन गरेको छ । महासंघमा विभिन्न क्षेत्रका १२ घटक सहभागी भइसकेका छन् । महासंघले मङ्सिरमा महाधिवेशन गर्ने तयारी गरेको छ । 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ५ : १२ बजे