यस्तो छ आजको विनिमय दर

 सिंह मधेशका मुख्यमन्त्री नियुक्त,आजै मन्त्रीमण्डल विस्तार हुने 

 जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभउको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्तग गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुनुभएको हो  । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो  ।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार सम्मको समय दिनुभएको थियो  ।
नव नियुक्त मुख्यमन्त्री सिंहले  केही बेरमा शपथ लिनु हुने छ। सार्थै आजै मन्त्री मण्डल बिस्तारको तयारी गर्नुभएको छ। 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : ५६ बजे