दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी सरकारको निर्णय

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। आज बसेको  मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान कायम रहने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन्।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १ : १९ बजे