यस्तो छ आजको विनिमय दर

सरकारद्वारा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय

काठमाण्डौ । सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले भारत, अमेरिका बेलायत सहित देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलका कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो ।

सरकारले भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि राजदूत ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाएको हो ।

यस्तै पोर्चुगलका लागि नियुक्त भएका, तर जान बाँकी रहेका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : २१ बजे