यस्तो छ आजको विनिमय दर

एमाले काठमाडौँको सातौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाण्डौ । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिवारदेखि प्रारम्भ हुने भएको छ ।

काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिनुभयो । जिल्ला अधिवेसनलाई भब्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ।

अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

बबरमहलस्थित कार्की ब्याङ्गक्युटमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने बन्द सत्रमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ । प्रतिवेदनमाथि प्रतिनिधिहरुले गहन छलफल गरी आगामी दिनमा पार्टीलाई राष्ट्रिय निणार्यक शक्तिका रुपमा विकसित गर्न काठमाडौमा पार्टी काममा अगाडी बढाउन योजना बनाउने छ।

यो अधिवेशनले राष्ट्रिय राजनिति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा ब्यवस्था भए अनुसार अध्यक्ष , उपाध्यक्ष , सचिव , उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ।

काठमाडौँ जिल्लामा नेतृत्वको लागि चुनाव भएको खण्डमा सो पार्टीले भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ। सो अनुसार रामलक्ष्मण कम्पनी संग सम्झौता भइसकेको पोखरेलले दाबी गर्नुभयो।
यता नेतृत्वका लागि पनि तीब्र होडबाजी चलेको बताइएको छ। अध्यक्षका लागि वर्तमान अध्यक्ष दीपक निरौला र निर्मल देउलाले प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ। त्यसैगरी उपाध्यक्षमा जयराम थापा र सचिवमा राजु शाक्यले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ५६ बजे