‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बजेटका आलोचना सरकारको विरोध  होइनः पोखरेल 

काठमाडौँ,।  एमाले महासचिव शंकार पोखरेलले बजेटमा ब्यक्त गरेको असहमति र सरकारको निरन्तरता एउटै नभएको बताउनुभएको छ। उहाले बजेटको असहमति  अहिलेको सरकारको विरोध नभएको बताउनुभयो । 
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज लतिलपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज आयोजना गरेको बजेटमाथिको अन्तरसम्बाद कार्यक्रममा उहाँले बजेट तुलनात्मक रुपमा सन्तुलन हुन खोजेको बताउनु भयो । 

उहाँले भन्नुभयो ‘हामी साझेदार भएकाले प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनोस्, जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेका छौँ। बजेट निर्माणमा त्यो कुरामा चाहिँ ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेका भए कमी कम हुन्थ्यो कि भनेका हौँ। यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो। सुझाव मान्नुहुन्छ भने सुझाव पनि हा’े।

तर, यो कुरा राखे पनि सरकारको निरन्तरताको पक्षमा रहेकाले बजेटका पक्षमा रहन्छौँ भनेका छौँ। हामी बजेटको विपक्षमा जान्दैनौँ। बजेट आइनै सक्यो। कमी देखिए कार्यान्वयन प्रक्रियामा सुधार गरेर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ। बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध होइन। सरकारलाई सफल बनाउन दिएको सुझाव हुन्।

बजेटलाई सबैले अपनत्व दिने आधार तयार गर्ने भूमिका अर्थमन्त्रीले खेल्नुपर्ने हो। सत्तामा रहेका सबै दलहरू खुसी बनाउने आधार तयार पार्नुपर्थ्यो। एक्लै पैरवी गर्ने भन्ने कुरा चाहिँ मिलेर पैरवी गर्दा कार्यान्वयन क्षमता बढ्थ्यो। हामीले रचनात्मक सुझाव दिएका हौँ। सरकारलाई कमजोर बनाउने उद्देश्यले होइन।

महासचिव पोखरेलले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो   । 
तुलनात्मक रुपमा हिसावले बजेटको आकार ठूलो नभएको भन्दै राजश्व बृद्धिल बजेटको आकारलाई सम्बोधन गर्ने अवस्था नभएको बताउनुभयो । 
महासचिव पोखरेलले बैदेशिक ऋण र वाह्य ऋण असर पनि उपभोक्तमा नै पर्ने भएकोले सचेत हुनपर्ने बतउनुभयो ।  
“आन्तरिक राजश्वबाट बजेट प्रणालीलाई सन्तुलन राख्न सकेनौ भने त्यसले धुमाएर उपभोक्तलाई असर पार्दछ,” उहाँले भन्नुभयो, “हामीले लिने आन्तरिक र वाह्य ऋणबाट कति पुजिगत खर्च र त्यसका आधारमा कति प्रतिफल प्राप्त गर्न सक्दछौ । अर्थतन्त्रको आकारमा कति बृद्धि गर्न सक्दछौ । त्यसको प्रभाव ऋण खर्च गर्ने क्षमतासंग जोडिन्छ । ” 
अहिले बजेटलाई प्रभावकारी रुपमा कार्यन्वय गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ र सुधार गर्ने ठाउँ रहेको भन्दै उहाँले निर्धारित गरिएको लक्ष्य भन्दा बढी राजश्व प्राप्त गन सकिन्छ  भन्नुभयो ।  
एमाले राज्यको नेतृत्वमा रहेको वेला राजश्वको बृद्धि दर बढि नै रहने गरेको उल्लेख गर्दै एमाले सरकारमा हुँदा किन राजश्व बृद्धि हुन्छ र अघिपछि किन हुँदैन सक्दैन भन्ने कुरा सिक्न जरुरी रहेको उहाँको भनाई थियो । 
उहाँले बजेटमा कर प्रशासनमा क्षमता र दक्षता बृद्धि गर्ने तथा कर प्रशासन कति पारर्दशि रहेको छ भन्ने राजश्व परिचालनमा ठूलो अर्थ लाग्ने बताउनुभयो । 
नेपालमा पुजिगत खर्च गर्ने क्षमता केन्द्रीय सरकारको कमजोर रहदै आएको उल्लेख गर्दै एमाले सरकारको नेतृत्वमा रहेको वेला खर्च बढेको उहाँको भनाई रहेको थियो । 
उहाँले सुशासन र विकासका प्रश्नमा प्रधानमन्त्रीको ध्यान केन्द्रीत गर्न सक्ने हो भने पुजिगत खर्च बढाउने सकिने धारणा राख्नुभयो । 
महासचिव पोखरेलले प्रमुख जिल्ला अधिकारीले दैनिक प्रशासन र शान्ति सुरक्षामा व्यस्त रहने भएकोले उपभोक्त अदालत आवश्यक रहेको बताउनुभयो । 
उहाँले पछिल्लो समय तीन बर्ष यता नेपाल आर्थिक अवस्था चरम संकटबाट गुज्रिएको देखिने गरेको बताउनुभयो  । 
जनता मारमा 
“मौद्रिक तरलताको विस्तारसंगै बैंकमा पैसा जम्मा भएको छ तर लगानी हुन सकिरहेको छैन । बैंकमा जति जम्मा हुने गरेको छ खर्च त्यसको न्यून देखिएको छ” उहाँले भन्नुभयो, “ उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्तको व्याजदरमा कटौती हुन्छ । यसरी मार उपभोक्त नै पर्दछन ।”
बजेटमा खेलोफड्को राखिएको भए बन्द गर्न पूर्व अर्थमन्त्रीको जोड
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले एमालेले बजेटमा भएका राम्रा कुराको स्वामित्व लिने तर कमजोर कुरा आगामी दिनमा सच्चाउनका लागि सरकारलाई दवाव दिनुपर्ने बताउनुभयो । 
उहाँले बजेट पछाडि कतिपय कुरा मिलाउन सकिने भन्दै मन्त्रिपरिषद्ले करका दरमा गरिएका हेरफेरका कुरा मिलाउन सकिने बताउनुभयो । 

उहाँले बजेटमा खेलोफ्ड्को गर्न सकिने राखिएको र उक्त  ठाउँ बन्द गर्न आग्रह गर्नुभयो । “कतिपय बजेट स्रोत विना नै राखिएको छ । राजश्वको लक्ष्य अनुसार उठदैन भने अहिले हौसियर निकासा दिइहाल्ने र कुनै खास व्यक्ति र क्षेत्र विशेषलाई लाभ हुने गरि बजेट विनियोजन गर्ने र भोलि राष्ट्रिय प्राथमिकताका आयोजनामा बजेट कतौती गर्नुपर्ने स्थिति नबनोस्,” उहाँले भन्नुभयो । 
उहाँले बजेटमा  स्रोत नपुगेको बताउनुभयो । “हामीलाई डेड खर्ब बजेट स्रोत पुग्दैन भन्ने अहिले नै हामीले अनुमान गर्न सक्दछौ” उहाँले भन्नुभयो, “यदि त्यसो हो भने १७ अर्ब माथिको बजेटमा निकासमा पहिलो चौमासिकदेखि नै सरकारले ध्यान दिएन भने भोलि ठेक्का लाग्ने र ठेक्का लागेपछि भुक्तानी दिन सक्दैनौ ।”
अर्थमन्त्री खतिवडाले बजेटमा धेरै कार्यक्रम संघीयताको मर्म अनुसार तीन तहको सरकारको कार्यविभाजन अनुसार भएको नपाईको बताउनुभयो । 
कार्यक्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बजेटको प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । 
उहाँले तीन तह सरकार बनाउने योजना नीति संयोजनकारी र सहकार्य हुनुपर्ने बतउनुभयो । “बजेट भनेको जनताको पसिना हो । कुनै पनि बजेट खेर नजाओस् । तीन तहको सरकारले मुलुको विकास, समृद्धि र सुशासनको लैजानुपर्ने पर्दछ ।” उहाँले भन्नुभयो, “तीन तहको सरकारको संयोजनको अभाव हुनुहुदैन ।”
कार्यक्रममा अधिवक्ता ज्योति बाँनियाले अहिलेको बजेट घोर पुजिवादी अर्थव्यवस्थाको बाईप्रटक्ट रहेको टिप्पणी गर्नुभयो । 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ५ : ३९ बजे