साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

आईटी पढ्न चाहनेलाई नेपाली विद्यार्थीलाई चीनमा छात्रवृत्ति दिंदै ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सूचना तथा प्रविधि क्षेत्रका नेपाली विद्यार्थीलाई थप ज्ञान आर्जन र सीप विकास गर्नका लागि छात्रवृत्ति दिने भएको छ । राजधानीमा एक कार्यक्रम गरी कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छात्रवृत्तिका लागि स्नातक तहका विद्यार्थीहरूले आवेदन दिन सक्ने ह्वावेले जनाएको छ । आवेदनपछि छनोट भएका विद्यार्थीलाई ह्वावेले चीनको भ्रमण गराउनेछ । त्यहाँ विद्यार्थीले नवीनतम प्रविधिबारे जान्ने अवसर पाउने कम्पनीले जनाएको छ ।  

यसका लागि कम्पनीले शुक्रबारदेखि नै आवेदन खुलाइसकेको छ । विद्यार्थीले ९ जुन अर्थात् आगामी आइतबारसम्म आवेदन दिन सक्ने ह्वावेले बताएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ३२ बजे