‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणबाट सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको हो ।

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको हो । सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २०६० मंसिर ०५ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा सिजीले निवेदन नै दिएन । निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको हो । 
दूरसञ्चार ऐन, २०५३ को दफा २५ मा म्यादभित्र अनुमतिपत्र नवीकरण नगरे स्वतः खारेज हुने उल्लेख छ । ऐनको दफा २५ मा अनुमति पत्रको अवधि बढीमा २० वर्षको हुने भनी उल्लेख गरिएको छ । तर, एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिन नमिल्ने व्यवस्था ऐनमा छ ।

गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ । सीजी टेलिकमले मंसिर १६, २०८० मा अनुमतिपत्र नवीकरण गर्नु पर्ने थियो । तर, उक्त अवधिभित्र नवीकरणका लागि सीजीले पत्र नै पेश गरेन् । तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । 

चौधरी ग्रुपको तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले लाइसेन्स खरिद गरे पनि सेवा सञ्चालन गरेको थिएन । देशका सबै ठाउँमा नेटवर्क विस्तार गर्ने आभारभूत लाइसेन्स मागिरहेको चौधरी ग्रुपले सरकारबाट सो नपाएपछि ग्रामीण दूरसञ्चार सेवा मात्रै सञ्चालन नगरेको हो । सो सम्बन्धमा नेपाल दुर सञ्चार प्राधिकरणका सूचना अधिकारी प्रतिमा अधिकारीले आफूलाई विस्तृत जानकारी नभएको चक्रपथ डट कमलाई बताइन् । 
 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ०३ बजे