‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

बिहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : २५ बजे