यस्तो छ आजको विनिमय दर

जनमतमा फेरियो संसदीय दलको नेता, मधेशकाे मुख्यमन्त्री बन्दै सिंह

काठमाडौँ। मधेशमा नयाँ मुख्यमन्त्रीमा जनमत पार्टीले सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनमत पार्टीको बिहीबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकबाट उहाँलाई  मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको  पार्टीका सचिव विपी साहे जानकारी दिनुभयो ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छन् ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उहाँ सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित हुनुभएको छ  ।

मुख्यमन्त्री  लागि चार दाबेदार देखिएका थिए् । चार मध्येबाटनै मुख्यमन्त्रीको टुंगो लगाउन लगाइएको स्रोतले  बतायो।  जनमतका नेताहरु डा चन्दन सिंह, महेश यादव , बशनत कुसबाह, र सतिस सिंह मुख्यमन्त्रीको रेमा रेशमा थिए। 
पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत यसबेला नेपालमा हुनुुहुन्न। उहाँ चार दिन अघि अमेरिका भ्रमणा जानु भएको  छ। उहाँले सो पार्टीका नेता जयकान्त राउतलाइ मधेशमा मुख्यमन्त्रीको टुंगो लगाउने िजिम्मा दिनुभएको  स्रोतले बतायो । जयकान्त सिके राउतका सहोदर दाई हुनुहुन्छ।  
यस अघि जनमत संसदीय दलका नेता भने महेश प्रसाद यादब हुनुहुनथ्यो  । 
जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ  ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने तयारी गरेका छन्  ।

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार दिनको १२ बजे समय सीमा तोकिएको छ। 
 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ५७ बजे