यस्तो छ आजको विनिमय दर

सिके राउत अमेरिकामा, मधेशमा मुख्यमन्त्री तोक्ने जिम्मा जयकान्तलाई 

काठमाडौँ। मधेशमा नयाँ मुख्यमन्त्रीका लागि चार दाबेदार देखिएका छन् । चार मध्येबाटै मुख्यमन्त्रीको टुङ्गो लगाउन लागिएको स्रोतले  बतायो।  अहिले जनमतका नेताहरु डा चन्दन सिंह, महेश यादव ,  बसन्त कुसबाह, र सतिस सिंह मुख्यमन्त्रीको रेमा रेशमा रहेको स्रोतले बतायो। 

पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत यस बेला नेपालमा हुनुहुन्न। उहाँ चार दिन अघि अमेरिका भ्रमण जानु भएको  छ। उहाँले सो पार्टीका नेता जयकान्त राउतलाई मधेशमा मुख्यमन्त्रीको टुङ्गो लगाउने जिम्मा दिनुभएको  स्रोतले बतायो । जयकान्त सिके राउतका सहोदर दाइ हुनुहुन्छ। 

 यसका लागि काठमाडौँमा रहनु भएका जयकान्त जनकपुर पुग्दै हुनुहुन्छ। । 

जनमत संसदीय दलका नेता भने महेश प्रसाद यादव छन् । 

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ  ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीले आज सरकारको दाबी गर्ने तयारी गरेका छन्  ।

 

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । नयाँ मुख्यमन्त्रीका लागि शुक्रवार दिनको १२ बजे समय सीमा तोकिएको छ। 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : २५ बजे