यस्तो छ आजको विनिमय दर

मधेसमा  नयाँ सरकारको दाबी गर्न भोलिसम्मको समय सीमा 

​​​​​​​काठमाडौँ । बुधवार साँझ जनमत नेतृत्वको मधेस सरकार ढलेपछि नयाँ सरकार गठनको बाटो खुलेको छ।  मधेसमा ६ वर्षपछि जनता समाजवादी पार्टी पहिलो पटक बुधवार सत्ता बाहिर पुगेपछि  तराईमा नयाँ  उदाएको जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुन लागेको हो । 

 जसपा नेता सरोज यादव नेतृत्वको सरकार ढलेसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । बुधवार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न नसके लगत्तै राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको छ । 

प्रदेश प्रमुखको आह्वानअनुसार अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि सत्ता गठबन्धनमा सहमति जुटिसकेको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरूले बहुमत जुटाएर शुक्रवार बिहान १२ बजेभित्र आफ्नो दाबी पेस गर्नुपर्नेछ । 

सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो । सोहीअनुसार जसपा नेपालको नेतृत्व मधेसबाट खोसिएको छ । सत्तामा मधेसमा जसपाले ६ वर्ष नेतृत्व गरे पनि अब भने विपक्षमा पुग्ने परिस्थिति बनेको छ ।

विभाजन भएपछि सो पार्टी केन्द्रमा समेत सत्ता बाहिर परेको छ। मधेशमा  जनमतका नेता महेश यादव मुख्यमन्त्री बन्ने सम्भावना बढेको बताएको छ। 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ५ : ३७ बजे