यस्तो छ आजको विनिमय दर

ढल्यो मधेशमा जसपा नेतृत्वको सरकार 

काठमाडौँ। जसपाका नेता  सरोज यादव नेतृत्वको मधेश सरकार ढलेको छ। अहिले सम्म निरन्तर नेतृत्व गरेको जसपा पहिलो पल्ट मधेशबाट सत्ता बाहिर पुगेको हो। 

बुधवार साँझ प्रदेशसभामा  विश्वासको प्रस्तावमा मतदान हुँदा  आवश्यक सङ्ख्या नपुगेका कारण सो विफल भएको हो। प्रस्तावको पक्षमा जम्मा ५० मत परेपछि मधेशमा जसपा नेतृत्वको सरकार ढलेको हो।     विपक्षमा भने ५३ मत परेको छ । ११० सदस्य भएको सो प्रदेशसभामा आवश्यक बहुमतका लागि ५६ सङ्ख्या आवश्यक पर्छ ।  यादवको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपा र राप्रपाले मतदान गरेको थियो । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

बुधवार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरेका भए पनि प्रस्ताव विफल हुने भएपछि मुख्यमन्त्री यादवले  ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्ने प्रयासे विफल भएको थियो । विश्वासको प्रस्ताव  २८ गते सार्ने उहाँको प्रयासलाई सभामुख  र अधिकांश दलहरूले अस्वीकार गरेपछि  प्रदेशसभाको बैठक मा बुधवार साँझ अबेर मतदान भएको थियो ।  

 

‘मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,।  आज(बुधवार) विश्वासको मत लिनुभएन भने राति १२ बजेपछि स्वतः पदमुक्त हुने जानकारी प्रदेश प्रमुखले गराउनु भएको थियो । तर यादवको  बैठक सार्ने  अनुरोध अस्वीकार भएपछि आजै विश्वासको  मतको प्रस्तावमा मतदान गरी उहाँका. बिदाइ गरिएको हो ।   

यादव नेतृत्वको सरकार ढले लगतै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। सो अनुसार अहिले केही बेरमा सभामुखले यादव नेतृत्वको सरकारले विश्वासको मत पाउन  नसकेको ब्यहोराको पत्र प्रदेश प्रमुख समक्ष पठाउन  लाग्नु भएको एक नेताले बताए। 

यादवको सरकार ढलेपछि जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी, एस र अन्य दुई दल सहमत भएका छन् । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।

 

 

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : ३६ बजे