साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लोकसभा निर्वाचनमा भाजपा, गठबन्धनको भर पर्नु पर्ने बाध्यता (भिडियो)

 भारतको तल्लो सदन लोकसभाको १८ औँ निर्वाचनमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख्य शक्ति गुमाएका छन्।मोदीको दल भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ। 

भारतभरिमा कुल ५४३ सिट रहेको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन्। यो संख्या भाजपालाई एकल दलको सरकार बनाउन पर्याप्त छैन।

भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ। यी सबै सिट दुरुस्त रहेमा भाजपालाई बहुमतको सरकार बनाउन कठिन हुने छैन।   

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ८ : ०८ बजे